श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी 'ग्रीन कार्ड' का लागि आवदेन

 भदौ ३, २०७९ शुक्रबार १४:५:३८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी 'ग्रीन कार्ड' का लागि आवेदन दिनुभएको छ । देशमा गएकाे जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ । 

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि बताउनुभयो । पहिला उहाँले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाउनुभएको थियो  ।

तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नुभएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएकाे महिनादेखि नै उहाँले अमेरिका जाने प्रक्रिया सुरु गर्नुभएको उल्लेख गरिएको छ । उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गर्नुभएको छ ।

उहाँहरूको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् ।  

देशमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक प्रदर्शनमा निस्किएर उहाँको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नुपरेको हो । उहाँ सुरुमा म्यानमार जानुभयो । त्यसपछि थाइल्यान्ड हुदै सिङ्गापुर पुग्नुभयो । 

उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया