थारु समुदायमा मनाइयो परम्परागत हरेरी पूजा

 भदौ ३, २०७९ शुक्रबार १४:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् ।

पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने  गर्छन् । 

धान रोपाइँ  सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसहरुले रकम सङ्कलन गर्छन् । सङ्कलन भएको रकमले पूजा सामग्री  किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई किनेर देवि माताका जनावर र देवी, देवताहरुको मूर्ति बनाएर पूजा गर्ने चलन छ । 

हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका-५ का बरघर गोविन्दप्रसाद थारुले बताउनुभयो । थारुहरुको दानवा भन्ने देवताले धानमा लाग्ने किराहरु लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उहाँको भनाइ छ ।

हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ। 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया