स्वास्थ्य क्षेत्रकाे जनशक्ति विकासका लागि याेजना बनाउन ध्यान दिनुपर्छ : राष्ट्रपति

 भदौ ३, २०७९ शुक्रबार १५:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरूको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई हेरेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी त्यहीअनुसारकाे जनशक्ति तयार पार्नुपर्ने देशसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरूको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पार्नुभयो । 

काठमाण्डाैकाे थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले याे अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले याे अस्पतालले बाल मृत्युदर घटाउनसमेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराउनुभयो । 

राष्ट्रपति भण्डारीले कोभिड–१९ सङ्क्रमणको कठिन समयमा पनि बिरामीको उपचारमा कमी हुन नदिएको भन्दै अस्पतालका चिकित्सकसहितका स्वाथ्यकर्मीको पनि प्रशंसा गर्नुभयो । 

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले आम नागरिकले सेवा पाउने गरी याे अस्पतालको सेवा सबै जिल्ला र प्रदेशमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेशिनहरू नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया