पुटिन र सी जिनपिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने

 भदौ ३, २०७९ शुक्रबार १९:४५:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताउनुभएको छ । 

विडोडोले ब्लुमबर्गसँग भन्नुभयो, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’ 

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रुस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिन नहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान विषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो । चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ । यसैबीच युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच तनाव बढाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया