कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै

 भदौ ३, २०७९ शुक्रबार १९:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका आफन्तले पनि उहाँको अवस्था जटिल बन्दै गएको बताएका छन् ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना हुनुभएको थियो । आज  गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उहाँको स्वास्थ्य अवस्थाप्रति स्तब्ध र निरीह भएको बताउँदै ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु, सबैले प्रार्थना गरौँ भन्नुभएको छ । 

— Bimalendra Nidhi (@BimalendraNidhi) August 19, 2022

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया