सिट बाँडफाँटबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनका शीर्ष नेताकाे निर्देशन

 भदौ ३, २०७९ शुक्रबार १९:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् । केही बेरअघि प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएको हो ।

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको र छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँटको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका सञ्चारमन्त्री समेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले अब कार्यदलले चाँडो भन्दा चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने गरी छलफललाई अघि बढाउने बताउनुभयो ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया