सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह

 भदौ ४, २०७९ शनिबार ७:२३:२५ | एजेन्सी
unn.prixa.net

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बल्झिएको थियो ।

पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो ।

ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो । तर चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत अर्थका रुपमा नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो । अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको पनि उहाँको आरोप छ । पछिल्लो पटक ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद बढेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले अमेरिकी उक्साहट र यसकाविरूद्ध चीनको प्रतिक्रियालाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा बुझेको र समर्थन गरेको पनि दाबी गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाउनुभएको छ । पश्चिमा देशहरूको आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले बेइजिङले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गर्नुभयो ।

चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने तर अहिलेसम्म त्यसो नगरेकाले अब पनि ताइवानमा आक्रमण गर्छ भन्ने आफूलाई नलागेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया