म्युजिक भिडियोमा अङ्ग प्रत्यारोपणको बहस (भिडियाेसहित)

 भदौ ४, २०७९ शनिबार ८:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अङ्ग प्रत्यारोपणमा महिला र पुरुषबीचको विभेदलाई म्युजिक भिडियो मार्फत उठान गरिएको छ ।

पत्रकार धिरेन्द्र सिनालको जीवनमा आधारित ‘झल्को तिम्रै’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । लक्ष्मण सुनारले निर्देशन गरेको ‘झल्को तिम्रै’ बोलको गीतको म्युजिक भिडियोमा मिर्गाैला बिरामीले प्रत्यारोपणको लागि गरेको सङ्घर्षलाई उतारिएको छ ।

म्युजिक भिडियोमा सरोज केसीको शब्दलाई गायक प्रविण बेडवालले स्वर दिएका छन् भने आशिष अविरलको सङ्गित रहेको छ । मिर्गाैला रोगको उपचारको विषयमा विगतमा खोजी रिर्पोटिङ पनि गरिसकेका पत्रकार सिनालका अनुसार, नेपालमा मिर्गाैला प्रत्यारोपण भएका बिरामीहरुमध्ये लगभग ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला छन् ।

महिलाले अङ्गदाता कम पाउने सिनालको भनाइ छ । गीतले मिर्गाैला बिरामी महिलाले पनि सहजै अङ्गदाता पाउने वातावरण बनाउन बहस सिर्जना गरोस् भन्ने उद्देश्यले आफ्नै कथालाई विषयवस्तु बनाइएको सिनालले बताए । मिर्गौला रोगबाट पीडित पत्रकार सिनालकी श्रीमती सोनुको प्रत्यारोपणको लागि मिर्गौलादाता नपाएकै कारण पोहोर कात्तिकमा निधन भएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया