कांग्रेसले भदाै १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

 भदौ ४, २०७९ शनिबार १७:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराउनुभएको हो ।

अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कायम रहने पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिक भावना अनुसार रुपान्तरण र विकास परियोजनाहरु बारे नागरिकसँगै छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितको लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा जान लागेको महतले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया