'बान'को सातौँ महाधिवेशन सुरु, मतदान आजै हुने

 भदौ ४, २०७९ शनिबार १७:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल 'बान'को सातौँ महाधिवेशन आज सुरु भएको छ । भक्तपुरमा सुरु भएको महाधिवेशनको राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।

तालिका अनुसार पदाधिकारी चयनको लागि आजै मतदान हुने तय भए पनि अहिलेसम्म बन्द सत्र पनि सुरु हुन सकेको छैन । सहमतिको लागि प्रयास गर्ने भन्दै विभिन्न छलफल चलिरहेकाले अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको एक प्रतिनिधिले जानकारी दिएका छन् । हिजो बेलुका ५ बजेसम्म सदस्यता नवीकरणको लागि समय तोकिए पनि टाढाबाट आउनेले नवीकरण गर्न नपाएको भन्दै सदस्यता नवीकरणको विषयमा पनि विवाद भइरहेको छ ।

यो महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रदेश संयोजक, केन्द्रीय सदस्यसहित २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । अध्यक्षमा उज्जल चौलागाईँ र दूर्गा अधिकारीले दाबी गर्नुभएको छ । यस्तै, गोपाल झा र कुमार भट्टराईले पनि अध्यक्षमा  उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया