अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरी : तातो र सुक्खा मौसमका कारण आप्रवासी चराहरू खतरामा

 भदौ ५, २०७९ आइतबार ७:१७:४८ | एजेन्सी
unn.prixa.net

अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरीका कारण जनजीवनसँगै आप्रवासी चराहरू समेत खतरामा परेका छन् । चरम गरिबी, जैविक विविधताको ह्रास, मौसमी चक्र तथा नयाँ प्रविधिमा पहुँचले महाद्वीपलाई जङ्गली प्रजातिहरूको बासस्थान संरक्षण गर्न थप कठिन बनाएको छ ।

जलवायु परिवर्तन र लामो खडेरीका कारण अफ्रिकी केही देशमा देखिएको तातो र सुक्खा अवस्थाले घुमन्ते प्रजातिलाई कठिन बनाएको विज्ञलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । पछिल्ला वर्ष चराहरुले पानी र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् ।

चराहरु बसाइँसराइको ढाँचालाई नै पूर्ण रूपमा परिवर्तन गर्न बाध्य भएका विज्ञले बताएका छन् । अफ्रिकाका दुई हजारभन्दा धेरै चरा प्रजातिहरूमध्ये सयभन्दा बढी प्रजातिहरू खतरामा रहेका र माडागास्कर माछा चील, ताइटा फाल्कन र हुड गिद्धहरूजस्ता दर्जनौँ प्रवासी चराहरूका २८ प्रजातिहरूलाई ‘गम्भीर सङ्कट’ उत्पन्न गरेको देखिएको वातावरणीय समूह बर्डलाइफ इन्टरनेशनलको विश्लेषणले देखाएको छ ।

बर्डलाइफका नीति संयोजक केन मवाथेका अनुसार जलवायु परिवर्तन र चर्को गर्मीले जोखिम बढाएको छ । जलवायु परिवर्तनका कारण जल तथा जमिनमा पाइने अन्य प्रजातिजस्तै चराहरू पनि प्रभावित भइरहेका उहाँको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घको वातावरण मामिला निकाय र संरक्षण समूह वेटल्यान्ड्स इन्टरनेशनलले गरेको एक अध्ययनअनुसार अफ्रिकी स्थलमध्ये ८७ प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन्, जुन युरोप वा एसियाको तुलनामा धेरै हो ।

मौसमविद् इभान्स मुकोल्वेका अनुसार प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण जलवायु परिवर्तन र कम वर्षा हुँदा तापक्रममा आउने वृद्धिले चराहरूले आप्रवासी यात्राको क्रममा निर्भर हुने प्रमुख सिमसार क्षेत्र र पानीका स्रोतहरूलाई खुम्च्याउँदै लगेको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया