स्थानीय बासिन्दाकाे आन्दोलनका कारण चाबहिल–साँखु सडक खण्ड बन्द

 भदौ ५, २०७९ आइतबार १०:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्थानीय बासिन्दाको आन्दोलनका कारण काठमाण्डौको चाबहिल–साँखु सडक खण्ड बन्द भएको छ ।

प्रहरीका अनुसार बिहान साढे ८ बजेदेखि यो सडक खण्डमा एम्बुलेन्स र स्कुल बस बाहेकका अन्य गाडी चल्न दिइएको छैन ।

यो सडक खण्ड अन्तर्गतको थलीमा सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सास्ती भएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय बासिन्दाले यसअघि पनि सडक मर्मतको माग गर्दै आन्दोलन गर्दै आएका थिए । गएको चैतमा सडकक मर्मत गर्ने सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, सहमति अनुसार काम नभएपछि फेरि उनीहरुले सडक अवरुद्ध पारेका हुन् ।

तस्बिर : माेहन बुढ्थापा

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया