विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियाे

 भदौ ५, २०७९ आइतबार १४:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ ।

हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डाै मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।

दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhupendra Pandey

    Aug. 22, 2022, 5:34 p.m.

    गिनिज बुकमा नाम लेखियोस

  •  0 Reply

तपाईको प्रतिक्रिया