मिटरब्याजीविरुद्ध दुई हजारभन्दा बढी उजुरी, सबैभन्दा धेरै उजुरी मधेस प्रदेशबाट

 भदौ ६, २०७९ सोमबार ७:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - मिटरब्याजीविरुद्ध देशभरबाट दुई हजारभन्दा बढी उजुरी परेको छ । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो।

कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको छ ।

वाग्मती प्रदेशबाट ३ सय ५६ र लुम्बिनी प्रदेशबाट २ सय ११ वटा उजुरी परेको छ । अरु प्रदेशबाट पनि उजुरी परेको र सङ्कलनको काम भइरहेको भुसालले जानकारी दिनुभयो । पीडितहरुले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिएका हुन् ।

परेका उजुरीको अध्ययन गर्ने काम भइरहेको र भोलिदेखि स्थलगत अध्ययन सुरु हुने उहाँको भनाइ छ । स्थलगत अध्ययनको क्रममा अझै उजुरी आउने सम्भावना देखिएमा म्याद थप हुने पनि उहाँले बताउनुभयो । सरकारले गएको साउन २७ गते मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया