सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएकाे फाेहर धमाधम उठाउन थालेको छ ।
बञ्चरेडाँडामा फाेहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फाेहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फाेहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ ।
अहिले काठमाण्डौको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फाेहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फाेहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फाेहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फाेहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।
सडकका फाेहर उठिसके पछि भने कुहिने र नकुहिने फाेहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फाेहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फाेहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् ।
गएको शुक्रवारदेखि काठमाण्डौबाट नियमित रुपमा फाेहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फाेहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।