सरकारले भन्याे– ‘विप्लव नेतृत्वकाे नेकपासँग भएकाे सम्झाैता कार्यान्वयन गर्न प्रतिबद्ध छाैँ’

 भदौ ६, २०७९ सोमबार २०:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपासँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सोमवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कोइरालाले नेकपाको वार्ता टोलीले सरकारसँग विसं २०७७ फागुन २० गते सम्झौता गरेको र त्याेअनुसार अहिलेसम्म पाँच सय २३ वटा मुद्दा फर्स्याेट भइसकेको बताउनुभयो । उहाँले नेकपामाथि ६ सय १० वटा मुद्दा लागेको जानकारी दिँदै अहिले ८७ वटा मुद्दा फर्स्याेटकाे क्रममा रहेको बताउनुभयो । 

मन्त्री कोइरालाले भन्नुभयाे, ‘नेकपासँग सम्बन्धित मुद्दा ६० वटा जिल्लामा छ । त्यसमा धेरै हदसम्म काम भएकाे छ । अदालतमा चलेका मुद्दामा पनि एक सय १९ वटा फैसला भइसकेकाे छ । नेकपासँगकाे सम्झाैता पूरा गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’

पत्रकार सम्मेलनमा बाेल्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीले ऐन, कानुनले नकारात्मक सूचीमा राखेका मुद्दाहरू भने मन्त्रिपरिषदबाट फिर्ता लिन नमिल्ने बताउनुभयो । उहाँले फिर्ता लिने मुद्दाहरूमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्थामा रहेको बताउनु भयो । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रूपमा अघि बढेको उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया