पानी नपर्दा तापक्रम वृद्धि, गर्मी बढ्यो

 भदौ ७, २०७९ मंगलबार ७:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ ।

हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५,  विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै,  बिहान ६ बजेको मापन अनुसार काठमाण्डौको न्यूनतम तापक्रम  २० दशमलव ४ डिग्री सेल्सियस छ । हिजो १९ र अस्ति १८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम लगातारजसो बढिरहेकाले पनि बिहानैदेखि गर्मी महसुस भएको छ ।

यस्तै, आज काठमाण्डौको अधिकतम तापक्रम भने केही घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २९ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । हिजो ३० दशमलव ८ डिग्री सेल्सियस थियो भने अस्ति ३० दशमलव ७ डिग्री सेल्सियस थियो ।

आज दिउँसो पछि  बादल लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम केही घट्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि ठूलो पानी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया