सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - कैलालीको टिकापुरमा थरुहट र थारुवान तथा अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको घटनाको ७ वर्ष पूरा भएको छ । घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
२०७२ साल भदौ ७ गते भएको घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आजको दिनलाई विद्रोह दिवसका रुपमा मनाउँदैछ । टिकापुर घटनालाई थरुहट र थारुवान संयुक्त मोर्चाले ‘कालो दिन’ का रुपमा लिएको छ ।
मोर्चाले चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग राख्दै आएको छ । २०७२ सालमा संविधान जारी हुनु अगाडि तत्कालीन सेती र महाकाली अञ्चलका ९ जिल्ला एउटै प्रदेशमा समेटिनुपर्ने अखण्ड सुदूरपश्चिम पक्षधर र कैलाली तथा कञ्चनपुरलगायत पश्चिम तराईका बर्दिया, बाँके, दाङ, कपिलवस्तुलगायत पहाडी जिल्लाबाट अलग्गै थरुहट प्रदेशमा समावेश हुनुपर्ने लगायत माग राख्दै भएको आन्दोलनमा हिंसात्मक झडप हुँदा आठ जनाको ज्यान गएको थियो ।
हिंसात्मक घटनामा संलग्न भन्दै प्रहरीले ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । तीमध्ये ३१ जना अझै फरार छन् भने २७ जनाविरुद्ध जिल्ला र दिपायल उच्च अदालतले फैसला सुनाएका छन् ।
घटनामा संलग्न नभए पनि साढे तीन वर्ष न्यायिक हिरासतमा बसेका रामनरेश चौधरी, नुरुल जागा र विश्राम कुश्मीले जिल्ला र उच्च अदालतबाट सफाइ पाएका छन् । मुख्य योजनाकारको अभियोग लागेपछि रेशम चौधरी सुरुमा फरार भएका थिए तर वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को प्रतिनिधि सभा चुनावमा कैलाली–१ बाट चुनाव जिते ।
जितपछि आत्मसमर्पण गरेका उनलाई जिल्ला र उच्च अदालतले जन्मकैद सुनाएको हो । चौधरीले यी फैसलाविरुद्ध सर्वोच्च अदालतमा गरेको पुनरावेदन अहिले विचाराधीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।