कीर्तिपुरका बासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशतसम्म छुट

 भदौ ८, २०७९ बुधबार १०:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कीर्तिपुरका बासिन्दाले कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । कीर्तिपुर नगरपालिका र अस्पतालबीच स्थानीयबासिन्दालाई उपचारमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ । यस्तै क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ । यो सेवा गएको सोमबारदेखि नै सुरू भएको छ ।

सम्झौतामा बिरामीको उपचारका लागि प्रतिव्यक्ति बढीमा ६० हजार रूपैयाँ बहन गर्ने र त्योभन्दा बढी खर्च भएमा अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने उल्लेख छ । छुटको लागि नगरबासीले नगरपालिकाले दिएको उपचार सहुलियत कार्ड पेस गर्नुपर्ने हुन्छ । यो कार्डबाट काठमाण्डौ मोडल अस्पतालबाट पनि २५ प्रतिशत छुट लिन सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले अस्पताल व्यवस्थापनका लागि यो आर्थिक वर्ष ८० लाख रूपैयाँ बजेट दिने भएको छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया