थाइल्यान्डका प्रधानमन्त्री निलम्बनमा, कार्यकाल सकिएको संवैधानिक अदालतको ठहर

 भदौ ८, २०७९ बुधबार १४:१६:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कानुनले तोकेको आठ वर्षे कार्यकाल सकिएको भन्दै संवैधानिक अदालतले प्रधानमन्त्री प्रयुत चान ओचालाई निलम्बन गरेको रोयटर्सले जनाएको छ । 

थाइल्यान्डमा सन् २०१७ मा बनेको संविधानले एक व्यक्ति प्रधानमन्त्री पदमा आठ वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरेको छ । सन् २०१४ मा प्रधानमन्त्री बनेका प्रयुतको कार्यकाल यही कानुनी व्यवस्थाअनुसार सकिने भन्दै विपक्षी दलहरूले संवैधानिक अदालतमा रिट दायर गरेका हुन् । तर प्रधानमन्त्री प्रयुतका समर्थकहरूले भने सन् २०१७ मा संवैधानिक व्यवस्था भएपछिको कार्यकाल मात्रै गणना गरेर आठ वर्ष कार्यकाल हुनुपर्ने दाबी गर्दै आएका थिए ।

सन् २०१७ मा सेनाले बनाएको संविधान लागू भएपछि थाइल्यान्डमा सन् २०१९ मा चुनाव भएको थियो । विवादास्पद चुनाव जितेका प्रयुत प्रधानमन्त्री भएपछि सन् २०२० मा सरकार विरोधी प्रदर्शनहरू भएका थिए । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नभएको, अर्थतन्त्र कमजोर भएको लगायतका आरोपको सामना गरिरहेका प्रधानमन्त्री प्रयुतले अहिले संवैधानिक व्यवस्थाको सामना गर्नुपरेको छ ।

प्रयुत प्रधानमन्त्रीबाट निलम्बनमा परेपछि अब सेनाका पूर्व प्रमुखसमेत रहेका उपप्रधानमन्त्री प्रवीत वोङ्सुवान अन्तरिम प्रधानमन्त्री बन्ने सम्भावना रहेको रोयटर्सले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया