प्रदेशका एकल अधिकारमा सङ्घीय सरकारको हस्तक्षेप भयो : मुख्यमन्त्री राई

 भदौ ८, २०७९ बुधबार १४:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।   

आज बुधवार प्रदेशमै भएकाे एक कार्यक्रममा उहाँले प्रदेश प्रहरीलगायतका एकल अधिकार प्रदेशको भए पनि कतिपय एकल अधिकार केन्द्र सरकार मातहत राखिएकोले कार्य सम्पादनमा कठिनाइ भइरहेको बताउनुभएको हो । मुख्यमन्त्री राईले प्रदेशले प्रहरी भवन बनाउने योजना बजेटमा अघि सारेर आचारसंहितासमेत लागू भइसक्दा पनि सङ्घ सरकारको स्वीकृति नमिल्दा काम अघि बढ्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशका कतिपय एकल अधिकार सङ्घको सूचीभित्र पनि छ । यसपालि प्रहरी भवन बनाउने भनेर राखेको, आचारसंहिता पनि लागू भइसक्यो तर स्वीकृति माथिबाट चाहिने भएर रोकिएको छ । एक हिसाबले भन्ने हो भने सङ्घ सरकारलाई सहयोग गरेको हो, त्यही पनि स्वीकृति नभएर काम गर्न पाएका छैनौँ । अफ्ठ्यारो एउटा पाटो भयो, दोस्रो सङ्घ सरकारको अधिकार नियन्त्रित गर्ने पाटो हो । अर्को कुरा काम तल दिने तर माथि हुँदा भएको बजेट आफैँ राख्ने ? यसरी कसरी विकास गर्न सकिन्छ ?’

उहाँले आधारभूत र माध्यमिक शिक्षा पालिकालाई दिने भनिए पनि त्योअनुसारको बजेट हस्तान्तरण नभएको बताउनुभयो । 

मुख्यमन्त्री राईले खरिदारलगायतका कर्मचारीको सरुवामा समेत मन्त्रीको हस्तक्षेप हुने कुरा सिद्धान्ततः गलत नभएको दाबी गर्नुभयो । राजनीतिलाई सहयोग गर्नका लागि नै कर्मचारी सङ्गठन जन्मिएको उल्लेख गर्दै उहाँले यो स्वाभाविक प्रक्रिया भएको बताउनुभयो । उहाँले कर्मचारीको नियुक्ति र सरुवालगायतका विषयमा तीन तहका सरकार कसैले पनि एक–अर्काको मुख ताक्नु नहुने बताउनुभयो । 

मुख्यमन्त्री राईले प्रदेशमा पाँच वटा मन्त्रालयमा अहिले पनि सचिव खाली रहेको भन्दै केन्द्र सरकारले कहिले पठाउला र पदपूर्ति होला भन्ने आशामा बस्नुपरेको बताउनुभयो । उहाँले सङ्घीयता आश्रित नभइ सार्वभौमसत्ता बाँडफाँट हुनु रहेको बताउनुभयो ।                                                               

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया