ट्राफिक प्रहरीको विशेष जाँच, जाँड–रक्सी खाएर एम्बुलेन्स चलाउने चालक कारबाहीमा

 भदौ ८, २०७९ बुधबार १५:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बुधवार दुई सय २७ जना चालक कारबाहीमा परेका छन् ।

एक सय २५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालक कारबाहीमा परेका हुन् । यसमा रक्सी खाएर बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक एक जना, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक एक जना, बा २ क ३२७९ नम्बरको कान्जिरोवा स्कुलका बस चालक एक जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक एक एक जना रहेका छन् ।  

यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरि सवारी चलाउने ११ जना र अन्य कसुरमा एक सय ६० जना चालक पनि कारबाहीमा परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया