फेसबुक 'ह्याक' गरेर २० जनासँग पैसा असुल्ने १ जना युवक पक्राउ

 भदौ ८, २०७९ बुधबार १७:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – फेसबुक 'ह्याक' गरेर रकम ठगी गर्ने एक जनालाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको  छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाठकलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया