काठमाण्डौका मेयरलाई धरानका मेयरको अर्को कटाक्ष – व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैन

 भदौ ९, २०७९ बिहीबार ८:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सामाजिक सञ्जालमा सक्रिय हुँदै आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई कटाक्ष गर्दै टिप्पणी गर्नुभएको छ ।

काठमाण्डौमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेख्नुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’

यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाण्डौका मेयर शाहलाई यस्तै कटाक्ष गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

6 Comments

  • अनुप

    Aug. 26, 2022, 6:47 p.m.

    हर्क साम्पाङले भुईमा टेक्न छाेडे जस्ताे छ । आफुलाई महानगरपालिकाकाे God Father ठानेछ कि के हाे?

  •  0 Reply
  • Min Bahadur Tamang

    Aug. 26, 2022, 6:39 a.m.

    नक्सा बिपरित समरचना बनाउने र पब्लिक हिड्ने बाटो मा पसल राख्ने लाई धपाउदा भुत्राको बैकल्पिब ब्यबस्था मिलाउनी ???

  •  1 Reply
  • Bikash pariyar

    Aug. 25, 2022, 8:37 p.m.

    कुरा सही हो /

  •  0 Reply
  • Bishnu Nirdoshi

    Aug. 25, 2022, 12:56 p.m.

    कुरै नबुझी यो किसिमको टिप्पणी गर्न हुन्न मेयर साप । आफ्नो काममा ध्यान दिनुस् आर्कोको योजना बिथल्नेगरी टिप्पणी गर्न छाड्नुस ल !

  •  0 Reply
  • Shyam Rauniyar

    Aug. 25, 2022, 8:20 a.m.

    आ-आफ्नो कार्यछेत्र मा ध्यान दिउ। एक अर्का को खेदो खनेर आफ्नो ब्याक्तित्व न छोत्याउ।

  •  0 Reply
  • Damodar singh Ayer

    Aug. 25, 2022, 8:17 a.m.

    It's Right gave them lot of time to manage

  •  0 Reply

तपाईको प्रतिक्रिया