काठमाण्डौ महानगरद्वारा शङ्खमूल र बानेश्वर क्षेत्रका अनधिकृत संरचनाकाे निरीक्षण

 भदौ ९, २०७९ बिहीबार १२:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको टोली अनधिकृत संरचना हटाउन शङ्खमूल र बानेश्वर क्षेत्रमा पुगेको छ ।

मेयर बालेन्द्र शाहसहितको टोली शङ्खमूल र बानेश्वर क्षेत्रको अवलोकनमा पुगेको हो । टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिएको छ । यसअघि सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

काठमाण्डौको कोटेश्वरमा पनि त्यस्ता अवैध संरचना हटाउने तयारी छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया