चर्काचर्कीपछि बालेन्द्र साहकाे प्रश्न– ‘तपाईँकाे घरकाे नक्सा मसँग हुन्छ ?’

 भदौ ९, २०७९ बिहीबार १३:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्सा पासमा भएकाे भन्दा फरक ढङ्गले बनाएका अवैध संरचनाहरू हटाउँदै हिँड्नुभएका काठमाण्डाै महागरपालिकाका मेयर बालेन्द्र साहले चर्काचर्की गर्नुभएकाे छ । महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्सको अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको हो ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिनुभयो । आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्नुभयो अनि पर्‍याे चर्काचर्की ।

साहले नक्सा माग्दा निर्देशक शर्माले ‘नक्सा मँसँग होइन तपाईँसँग हुनुपर्छ’ भन्ने जवाफ दिएपछि साह झोक्किनुभयो अनि उहाँले सोध्नुभयो, ‘तपाईँको घरको नक्सा मसँग हुनुपर्छ हाे ?’ अल्फाबिटाका निर्देशक शर्माले उल्टै प्रतिप्रश्न गर्नुभयो, ‘नगरपालिकामा के हुन्छ त ?’ दुई जनाबीच केहीबेर चर्काचर्की भयो । चेतावनी दिएर मेयर बालेन्द्र साह अरू ठाउँको निरीक्षणमा जानुभयो । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया