१८ अङ्कभन्दा धेरैले घट्याे शेयर बजार

 भदौ ९, २०७९ बिहीबार १५:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक दाेहाेराे अङ्कले घटेकाे दिन दुई सय १९ वटा कम्पनीकाे ४२ लाख ३४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नाै करोड ४१ रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खाेला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै नाै प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया