दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डाेजर चलाएर भत्काएको छ ।
आज बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिनुभयो । नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएकाे हाे ।
तीन दिने सूचना निकालेर अवैध संरचना हटाउन भनिए पनि सूचनाको अटेरी गरेपछि भत्काइएको नगरपालिकाले जनाएको छ । काठमाण्डाै महानगरपालिकाले पनि विभिन्न ठाउँमा बनाएका अवैध संरचना भत्काउन थालेको छ ।
तस्बिर : वीरेन्द्र शाक्यकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।