सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शङ्का जन्माएको बताउनुभएको छ ।
आज बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरूलाई निवासमा बोलाएर डिनर गराउनुले शङ्का जन्माएको बताउनुभएको हो । उहाँले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले सेनाका पूर्व अधिकारीरूलाई निवासमा बोलाएर डिनर गराउनुले शङ्का जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्न पनि खडा भएको छ ।’
अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरूको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताउनुभयो । नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादीलगायतका शक्तिहरूको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरूको नजर पुगिरहेको उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले गएकाे पालिका चुनावमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताउनुभयो । उहाँले २७ प्रतिशत उम्मेदवार उठाउँदा नाै लाखभन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गर्नुभयो । उहाँले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले आउँदाे चुनावमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिह्न प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको सङ्गठन निर्माण गर्न र सङ्गठनलाई चलायमान बनाउन निर्देशन दिनुभयो । त्यस्तै पार्टी सङ्गठन र सदस्यहरूको अभिलेखीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।