दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
चितवन – भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका दुई सय ७४ जना विद्यार्थीलाई आज बिहीवार पूर्ण छात्रवृत्ति दिएको छ । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिका लागि छनाेट गरेको हो ।
भरतपुर महानगरकी मेयर रेनु दाहालले मनखुसी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति अन्त्य गरेर विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति दिन सफल भएको जानकारी दिनुभयो । मेयर दाहालले गरिबी तथा विपन्नताकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागिपरेको बताउनुभयो । छात्रवृत्तिमा छनाेट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन् ।
महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । उहाँका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको पाँच प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । अन्य पाँच प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्मार्ट महानगरलाई सघाउन विद्यार्थी छात्रवृत्ति कार्यक्रमले टेवा पुर्याउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।