रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन राष्ट्रपति पुटिनको आदेश

 भदौ १०, २०७९ शुक्रबार १०:४०:१६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिनुभएको छ ।

उहाँले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन् । रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गर्नुभएको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकले ज्यान गुमाएका छन् । कतिपय घाइते भएका छन् ।

युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको छ । थप सैन्य सङ्ख्या स्वयम्सेवकहरू लिएर बढाइन्छ वा भर्ती गरेर भन्ने कुरा स्पष्ट पारिएको छैन । अहिले १८ देखि २७ वर्ष उमेर समूहका रुसी पुरुषलाई सैन्य सेवाको लागि डाकिएको छ । रुसी कानुन अनुसार त्यसरी भर्ती भएकालाई युद्धमा पठाउनुअघि चार महिनाको तालिम दिनुपर्छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया