खोटाङमा वन पैदावार निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो

 भदौ १०, २०७९ शुक्रबार १२:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ - काठ व्यवसायीले खोटाङबाट वन पैदावार वस्तु निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो गरेका छन् ।

खयरको काठ निकासीका क्रममा करदाता सेवा कार्यालय, डिभिजन वन कार्यालय र सम्बन्धित पालिकालाई छुट्टाछुट्टै राजस्व तिर्नुपरेको गुनासो गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाह–१ बाहुनीडाँडाबाट खयरको काठ निकासीका क्रममा दोहोरो कर तिर्नु परेको सुमात्रिका सप्लायर्सका सुवास राईले बताउनुभयो । 

सुमात्रिका सप्लायर्सलाई डिभिजन वन कार्यालयले निजी नम्बरी आवादीको काठ १० दिनभित्र घुर्मी कटारी हुँदै हिमालयन कत्था उद्योग, मिरचैया, सिरहामा स्थानान्तरणका लागि गएकाे २६ साउनमा इजाजत दिएको थियो । कृष्णकुमारी कार्कीको अख्तियारीले सुमात्रिका सप्लायर्सले ६६ बोट खयरको १ हजार १ सय ८० दशमलव ७९ क्यूफिट (स्यापउडसहित) काठ निकासी गर्न इजाजत पाएको थियो ।

मुल्यअभिवृद्धि करबापत करदाता सेवा कार्यालयको खातामा २५ साउनमा रावाबैंकमा १ लाख ५३ हजार ५ सय ३० र प्रदेश सेवा शुल्कबापत त्यही दिन आर्थिक प्रशासन शाखा, डिभिजन वन कार्यालयको नाममा रावाबैंक दिक्तेलमा ५ हजार ९ सय १० रुपैयाँ दाखिला गरिएकोमा पुन २८ साउनमा वडा कार्यालय बाहुनीडाँडालाई ८४३ क्युफिटको प्रतिक्युफिट २० रुपैयाँका दरले १६ हजार ८६० रुपैयाँ राजस्व तिर्नुपरेको राईले गुनासो गर्नुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले राजस्व परामर्श समितिको प्रस्ताव अनुसार कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको भूगोलभित्रको वनपैदावार निकासी कर लिइएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया