नाती पुस्ता नेतृत्व हाँक्न तयार भइसके, आउँदाे चुनावमा उठ्दिनँ : पौडेल

 भदौ १०, २०७९ शुक्रबार १८:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा उम्मेदवारी नदिने बताउनुभएको छ । 

आज शुक्रवार फेसबुक पेजमा स्टाटस लेख्दै उहाँले नाती पुस्ताले समेत देशको नेतृत्व हाँक्ने भइसकेकाले अब आफू चुनावमा नउठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोस्रो पुस्तामात्रै हैन अहिले नाती पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरूलाई विजयी गराउने हुनेछ ।’

अहिले देशले साँच्चै नै परिवर्तन खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरू एकजुट भएर लागिपरेका छन् । यस्तो बेला आउँदाे चुनावमा कस्ता खालका ‍व्यक्तिलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आउँदाे चुनावमा सम्भावित उम्मेदवारका बारेमा चर्चा हुँदा आफ्नाे नाम पनि जाेडिएर आउने गरेकाले आफू चुनावमा नउठ्ने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया