एमाले जागरण सभाको र्याली भद्रकालीबाट शुरु
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - मनसुन फेरि सक्रिय भएको छ । अबको एक/दुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बदली र वर्षाको सम्भावना रहेकाले आज बाबुको मुख हेर्न आवतजावत गर्नेहरुलाई छाता तथा बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । अहिले लुम्बिनी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेर केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका थोरै ठाउँ तथा प्रदेश-१ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बेलुका काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय हुने र पानी पर्ने भएकाले केहीदिनदेखि बढेको गर्मी घट्नेछ । कतै एकैछिन घाम लाग्ने अनि त्यसपछि बादल लाग्ने र पानी पर्नेक्रम भइरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
आजराति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा आजराति मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।