चाडपर्वको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह

 भदौ ११, २०७९ शनिबार ७:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुख्य चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता संरक्षण महासङ्घसहित उपभोक्ता अधिकारकर्मीले बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् ।

नेपाली उपभोक्ता महासङ्घले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ । अध्यक्ष चन्द्र साउदले नेपाली उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन् । यस्तै राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले मुख्य चाडपर्व तीज, दशैँ, तिहार छठको मौकामा कालोबजारी बढ्ने जोखिम रहेकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उद्योगी व्यापारीले आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब अरु पसल तथा औषधि पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्यमाथि ठाडो खेलबाड गरेकोतर्फ सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया