बालेन्द्र साहलाई महेश बस्नेतको चेतावनी – ‘तिम्रा समर्थकसँग हजारौँपटक जुध्न तयार छु’

 भदौ ११, २०७९ शनिबार १६:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पुन: चेतावनी दिनुभएको छ । मेयर साहले काठमाण्डौको नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै नेता बस्नेतले विरोध गर्नुभएको थियो ।

उहाँले फेसबुक पेजमा लेखेको स्टाटसमा मेयर साहले ‘तपाईंकै घरको नक्सा पास छ कि छैन’ भनेर लेखेपछि बस्नेत बालेन्द्रप्रति आक्रोसित हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालबाटै पटक-पटक मेयर साहको आलोचना गर्नुभएको छ । 

शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा पनि एमालेका नेता महेश बस्नेतले मेयर बालेन्द्र साहप्रति आक्राेस पोख्नुभएको छ । उहाँले बालेन्द्र र उहाँका समर्थकसँग आफू जुध्न तयार रहेको पनि चेतावनी दिनुभएको छ । 

भक्तपुरमा भएको कार्यक्रममा नेता बस्नेतले भन्नुभयो, ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, त्यै भएर नयाँ जोगीहरुले धेरै खरानी घस्ने कुरा ठिकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने तपाईंहरुलाई विकासको मोडालिटीका बारेमा हाम्रा अनुभव शेयर गरौँला । वर्षौंदेखि मेहनत गरेर, दु:ख गरेर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका जनताको पुर्ख्याैली सम्पत्ति भत्काउने तिम्रो कुनै तागत छैन, तिमीलाई कुनै अधिकार छैन । यो कुरा भनेबापत तिम्रा सुन्ड मुसुन्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुन्ड मुसुन्डहरुसँग हजारौँपटक जुध्न म तयार छु ।’ 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • दिपक

    Aug. 27, 2022, 5:50 p.m.

    महेश बस्नेत कस्तो भन्ने सबैलाई थाहा छ। प्रमाणित गरिरहनु पर्दैन जुध्न तयार छु भनेर।

  •  0 Reply
  • Tanka bhandari

    Aug. 27, 2022, 4:38 p.m.

    बालेन समर्थक...अगाडि बढनु, शुभकामना !

  •  0 Reply

तपाईको प्रतिक्रिया