सिन्धुपाल्चोक, रामेछाप, तनहुँ, सप्तरीसहितका साना नदीमा आकस्मिक बाढीको जोखिम

 भदौ १२, २०७९ आइतबार ७:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

निरन्तर पानी परेकाले त्यस क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

यस्तै विष्णुमतीमा पनि पानीको सतह बढिरहेकाले काठमाण्डौको बल्खु आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको  छ । पानी सडक किनार र बस्तीमा जान सक्ने भएकाले महाशाखाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज रामेछाप, नवलपरासी, तनहुँ, गुल्मी, धनकुटा, सप्तरी र आसपास भइ बहने स–साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । यस्तै, बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक बन्द भएको छ ।

सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा गाडी चल्न नसकेका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक बन्द हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया