अनधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो समर्थन छ : उपमेयर डङ्गाेल

 भदौ १२, २०७९ आइतबार १३:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले काठमाण्डाै महानगरको अभियानमा  आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनु भएको हो ।

उहाँले काठमाण्डौ महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनु भएको छ । 

उहाँले लेख्नुभएकाे छ ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएर पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाण्डौ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ ।'

‘अनधिकृत यस्ता संरचना हटाउने अभियान काठमाण्डौ महानगरपालिकाको हो । म काठमाण्डौ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाण्डौ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ’उहाँले लेख्नुभएकाे छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया