बबई नदीमा जलसतहले सतर्कता तह पार गर्यो

 भदौ १३, २०७९ सोमबार ७:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बबई नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

यसको जलाधार क्षेत्र दाङको तुलसीपुर, घोराई आसपासमा ठूलो वर्षा भइरहेकाले अझै नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवास लगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्युठानको केही ठाउँमा पनि ठूलो वर्षा भएको र थप हुनसक्ने महाशाखाले जनाएको छ । 

बबईका सहायक नदी लगायत कान्द्रा, मोहना, रङ्घुन, चौधर नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले बिहान ९ बजेसम्म नै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया