न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउँदै काठमाण्डौ महानगर

 भदौ १३, २०७९ सोमबार १२:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज  न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउने भएको छ । महानगरपालिकाको टोली जाने खबर पाएपछि पसल बन्द गरेर त्यहाँबाट केही व्यापारीहरु निस्किएका छन् भने केहीले सामान प्याक गर्न थालेका छन् । 

आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ । ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । सुरज आर्केडको बेसमेन्ट खाली गर्न पुगेको टोलीले त्यहाँ रहेका अरु तीन वटा भवनहरु पनि खाली गर्न निर्देशन दिएको छ । सुरज आर्केडसँगैका चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट पनि खाली गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ । 

काठमाण्डाै महानगरले पछिल्लो समय सरकारी तथा निजी भवनहरूका पार्किङ खाली गराइरहेको छ । महानगरका मेयर बालेन्द्र शाहको नेतृत्वमा गएको सोमवारदेखि नयाँ बानेश्वरबाट सुरु भएको अभियानले निरन्तरता पाइरहेको हो ।

यसअगाडि महानगरपालिकाले अभियान  अन्तर्गत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, रञ्जना मल र आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया