पहिराे हटाएपछि दाङ–सल्यान सडक खण्ड खुल्याे

 भदौ १३, २०७९ सोमबार १४:२६:३७ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – पहिरो हटाएपछि दाङ–सल्यान सडक खण्ड खुलेकाे छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा झरेको पहिरो एक्स्काभेटरले पन्छाएपछि सडक खण्ड दिउँसोदेखि सञ्चालनमा आएकाे हाे । 

पहिरो पन्छाएसँगै दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

दाङको घोराही–रोल्पाको होलेरी सडक खण्ड भने अझै खुलेको छैन । शहीद मार्ग अन्तर्गत घोराहीदेखि होलेरी जोड्ने सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकीभन्दा केही उत्तरतर्फ मोडमा झरेको पहिरो पन्छाउने काम भइरहेकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया