नासाले चन्द्रमामा आज पठाउने भनिएको रकेटको प्रक्षेपण रोकियो

 भदौ १३, २०७९ सोमबार १९:२७:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : नासा

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । रकेटको इन्जिनमा समस्या देखिएपछि आजका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ ।

यसअघि नेपाली समयअनुसार आज बेलुकी ६ बजेर १८ मिनेटमा रकेट प्रक्षेपण गर्ने तयारी थियो । रकेट प्रक्षेपणको अर्को सम्भावित मिति आउँदो शुक्रवारलाई तोकिएको छ । आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस कार्यक्रमले नयाँ युगको सुरुवात गर्ने बताउनुभएको थियो । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको याे रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । यसले चन्द्रमामा ५० वर्षको अन्तरमा आउँदो दुई वर्षभित्र मानिस उतार्ने आधार खडा गर्ने भनिएको छ । अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ हप्तापछि प्रशान्त महासागरमा खस्नेछ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया