आज हरितालिका तीज : पशुपतिलगायत शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भिड

 भदौ १४, २०७९ मंगलबार ६:५६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

आज काठमाण्डौको पशुपति मन्दिरसहित देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएको थियो ।

दुई वर्षपछि जमघट भएको र मठ मन्दिर पनि खुलेकाले यसपालि चाडपर्वको रौनक छ । दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको धार्मिक विश्वास छ । आज धेरैले निराहार व्रत बस्ने  गरेका छन् । तर, डाक्टरले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिएका छन् । पोषणविद् डाक्टर कल्पना तिवारीका अनुसार शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्नुपर्छ ।

नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उहाँको सुझाव छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहाेस समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टर तिवारीको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।

स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।  तीजका अवसरमा आज महिलालाई सरकारले  सार्वजनिक बिदा दिएको छ ।

यसैबीच, तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर दिने उल्लेख गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया