मौसम आंशिकदेखि सामान्य बदली : दिउँसोपछि पहाडी केही क्षेत्रमा हल्का पानी पर्न सक्ने

 भदौ १४, २०७९ मंगलबार ७:४९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले प्रदेश-१ को तराई क्षेत्र र मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोपख देशभर मौसम बदली रहने पूर्वानुमान छ ।  देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

आज काठमाण्डौ उपत्यकामा दिउँसोपख हल्का वर्षा हुनसक्ने सम्भावना छ । तर निरन्तर वर्षाको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । आज राति प्रदेश एक, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । 

अन्तिम अपडेट: जेठ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया