दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - मिथिला क्षेत्रमा आज चौरचन अर्थात चौरचण्ठ पर्व श्रद्धा र विधिपूर्वक मनाइँदैछ ।
भदौ शुक्लपक्ष चतुर्थीका दिन मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्त्वकासाथ पर्व मनाउने गर्दछन् । तर यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौरचन पर्व आज एकैदिन परेको छ ।
यो पर्वमा पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरि उपवास बसेर बेलुका गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ ।
चन्द्रमाको पूजा हुने पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर पूजा गरिन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।