प्रतिकिलाेमिटर ७० पैसामा गुड्छ बिजुली गाडी

 भदौ १४, २०७९ मंगलबार १६:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलाेमिटर ७० रुपैयाँ लाग्ने बताउनुभएकाे छ । मङ्गलवार प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे, ‘चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा लाग्छ । जबकि डिजल र पेट्रोलमा २० रुपैयाँ लाग्छ । बिजुलीबाट चल्ने माइक्रोबसमा ९० पैसा र ठूला बसमा एक रुपैयाँ २० पैसा लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरूमा १ रुपैयाँ २० पैसा लाग्छ । ’

घिसिङले चार्जिङ स्टेशनमा समयअनुसार फरक–फरक शुल्क लिइने पनि बताउनुभयाे । राति पिक समयमा ८ रुपैयाँ ७० पैसा, रातिको समयमा पाँच रुपैयाँ पाँच पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरिएकाे उहाँकाे भनाइ छ । उहाँले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताउनुभयो । उहाँले विगतमा विद्युतीय चार्जिङ स्टेशनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेशन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताउनुभयो । 

कार्यकारी निर्देशक घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेशनको चार्ज शुल्क नियन्त्रण गर्ने पनि बताउनुभयाे । उहाँले निजी क्षेत्रका चार्जिङ स्टेशनले प्रतियुनिट १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकाले प्राधिकरणले तोकेअनुसार हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रले बनाएका चार्जिङ स्टेशनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने उल्लेख गर्नुभयाे । 

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा लागेको बताउनुभयो । देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने उहाँकाे भनाइ छ । उहाँले रत्नपार्कको चार्जिङ स्टेशनकाे १ सय २० किलोवाट डीसी क्षमता रहेको बताउनुभयो । उहाँले  विद्युतीय गाडी एक घण्टाभित्र 'फुल चार्ज' गर्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • デベンドラ パンデ

    Aug. 30, 2022, 4:41 p.m.

    यस्ता साना साना कुराले पनि कति खुशिी दिने है ❣️ यसको व्यापार राम्रो होला जस्तो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया