केही ठाउँमा यस वर्ष निकै कम वर्षा, नजिकै ठूलो पानी पर्दा अर्को ठाउँमा भने खडेरी

 भदौ १४, २०७९ मंगलबार २०:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अबका केही दिन देशका धेरैजसो ठाउँमा पानी कम पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ रहे पनि पानी भने कम पर्ने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

अहिले मकवानपुरको गढी आसपासमा ठूलो पानी परिरहेकोले चेतावनी जारी भएको छ । बाँकी धेरै ठाउँमा सामान्य वर्षा तथा मौसम खुलेको छ । आज राति प्रदेश नम्बर १, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ । बाँकी ठाउँको मौसम सफा रहनेछ ।

भोलि बुधवार र पर्सि बिहीवार पनि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि बाँकी ठाउँमा पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । यो समय मनसुन सक्रिय भएर धेरैजसो ठाउँमा वर्षा हुनुपर्ने भए पनि यस वर्ष त्यस्तो वर्षा नभएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । पानी पर्दा पनि कुनै विशेष ठाउँमा ठूलो पानी पर्ने र त्यसको आसपासको ठाउँमा सुक्खा हुने गरेको उहाँको भनाइ छ ।

मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिमका केही ठाउँमा यस वर्ष ज्यादै कम पानी परेको छ भने प्रदेश १, बाग्मती, गण्डकीका केही ठाउँमा निरन्तर ठूलो पानी परिरहेको छ । अघिल्ला वर्षहरूमा सामान्यतया सबैतिर एकैनासले मनसुन सक्रिय हुने गरेकोमा यो वर्ष कतै सुक्खा र कतै धेरै पानी परिरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसका कारण केही ठाउँमा बाढी, पहिरोको जोखिम र केही ठाउँमा सुक्खाको चिन्ता बढेको छ ।

जलवायु परिवर्तनका कारण खण्डवृष्टिको जोखिम बढ्ने चेतावनीका बीच नेपालमा मनसुनी सक्रियता पनि त्यस्तै देखिन थालेको जलवायुविज्ञहरू बताउँछन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया