मनसुन सक्रिय : केही ठाउँमा ठूलो र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ १५, २०७९ बुधबार ७:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मनसुनी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी पर्न थालेको छ । गएराति चितवन, मकवानपुर, महोत्तरी, कास्की, सुनसरी, तनहुँ लगायतका जिल्लामा ठूलो वर्षा भएको छ ।

महोत्तरीमा अहिले पनि ठूलो पानी परिरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय प्रणाली पूर्वदेखि पश्चिमतर्फ सर्दैछ । यसकै प्रभावका कारण पानी परेको हो । बिहान काठमाण्डौसहित केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो । अहिले पानी पर्न रोकिए पनि दिउँसो फेरि वर्षा हुने अनुमान गरिएको छ ।

आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार भोलि र पसि  पनि पानी पर्ने सम्भावना छ । 
 

अन्तिम अपडेट: असोज २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया