तीन दिनसम्म कोसी, कर्णाली, महाकाली लगायतका नदीमा पानीकाे बहाव बढ्ने

 भदौ १६, २०७९ बिहीबार १०:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन दिनसम्म कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र यसका सहायक नदीमा पानीको बहाव बढ्ने अनुमान छ ।

यी नदीमा पानीको सतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहे पनि बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज नारायणी र यसका सहायक नदीहरु तिनाउ, पूर्वी राप्ती, बबईलगायतमा पानीको बहाव उल्लेख्य बढी जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यसैगरी आज अन्य साना नदी तथा खोलामा पनि बाढीको खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया