‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

 भदौ १६, २०७९ बिहीबार १३:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ का लागि नेपालको 'सबैभन्दा फास्ट' मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डाटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको होे ।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७ दशमलव ३१ एमबीपीएस र अपलोडमा ९ दशमलव २६ एमबीपीएस गतिका साथ कुल १७ दशमलव १६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो । 

ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आबद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार नाै सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनी पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश रहेका छन् ।

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा हामी निकै हर्षित छौँ । यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौँ भन्ने प्रमाण हो । यस अवसरमा हाम्रा सबै सरोकारवालालाई उनीहरूले विश्वास र ग्राहकलाई सबैभन्दा उच्च गतिको मोबाइल डाटा सेवा प्रदान गर्नका लागि पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु । 

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ । देशको ८५ प्रतिशत जनसङ्ख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट सञ्चालनमा ल्याएको यो सेवा अहिले ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

ऊक्लाद्वारा प्रदान गरिने स्पीडटेस्ट अवार्डहरू विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल सेवा प्रदायकहरूलाई प्रदान गरिने विशिष्ट सम्मानहरू हुन् । एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा हामी खुसी छौँ । यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ता आफैँले गरेका स्पीडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ, ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले भने ।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डाटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो । त्यसैगरी अप्रिल महिनामा काठमाण्डाै आयोजित १४ औँ एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया